जेष्ठ ३०,२०८३ / १० : ५० अपरान्ह / 2026-06-13 10:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रदेश २ मा मैथिली भषाको प्रयोग गर्न रक्षामन्त्री पोखरेलको सुझाब

      - ७ वर्ष अगाडि
      असार २५,२०७५

      काठमान्डौ, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रदेश २ मा सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेकाले प्रदेशको कामकाजको भाषा मैथिलीलाई नै बनाउन आग्रह गरेका छन ।

      विद्यापति पुरस्कार कोषले सोमबार जनकपुरमा आयोजना गरेको “नेपाल विद्यापति पुरस्कार अर्पण समारोहमा बोल्दै मन्त्री इश्वरले नेपाली भाषा पछि दोश्रो स्थानमा मैथिली भाषाको रहेकाले सरकारी कामकाजका लागि मैथिलि भाषाको झण्डा गाड्न आग्रह गरेका हुन् । साहित्यकार कुनै क्षेत्र र जातको नभएर मुलुकको धरोहर रहेको बताउँदै विद्यापतिको पक्ष र विपक्षमा उभिनु गलत भएको उनले बताए । उनले भौगोलिक अन्र्तनिर्भरता भए मात्र नेपाल जिवित रहनसक्ने जिकिर गरेका छन् । 

      सामाजिक सद्भावको नमुना स्थल जनकपुरमा सामाजिक सदभाव कायम राख्न मन्त्री इश्वर पोखरेलले जोड दिएका छन् । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले प्रदेश २ मा राजकाजको भाष मैथिली हुनुपर्ने बताए । बहुसंख्यक मैथिली भाषी रहेको प्रदेशमा अयातित भाषा राजकाजको हुन नसक्ने उनको भनाई छ । 

      विद्यापति पुरस्कार कोषले जनकपुरमा मैथिली भाषा संस्कृति र कला साहित्यमा योगदान पुर्याएका पाँचजना स्रष्टाहरुलाई पुरस्कृत गरेको हो । ५ जना स्रष्टाहरुलाई कोषले नेपाल विद्यापति पुरस्कारको ५ विधामा पुरस्कृत गरेको हो । नेपाल विद्यापति मैथिली पुरस्कारको साहित्य विधामा रोशन जनकपुरी, अनुवाद विधामा देवेन्द्र मिश्र, अनुसन्धान विधामा डा.देवनरायण यादव, पाण्डुलिपि विधामा हिमांशु चौधरी र कला संस्कृति विधामा रामसागर पंडितलाई नगद र सम्मान पत्रले पुरस्कृत गरिएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d