जेष्ठ ३०,२०८३ / १० : ४६ अपरान्ह / 2026-06-13 10:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रदेश ४ को नाम गण्डकी, दुई तिहाईको विरोधमा जनजाती

      - ७ वर्ष अगाडि
      असार २२,२०७५

      पोखरा, प्रदेश ४ को नाम गण्डकी राखिएको छ । शुक्रबार प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको हो । 

      प्रस्तावको पक्षमा ५४ मत परेको छ । विपक्षीमा दुई मत खसेको छ । नयाँ शक्ति पार्टीका सांसदहरुले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मत दिएका थिए । 

      सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित रहे । प्रदेशको स्थायी राजधानी यसअघि नै पोखरा तोकिएको छ । प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन प्रदेशसभाले समिति नै बनाएको थियो । समितिले प्रदेशको नाममा गण्डकी, तमुवान मगरात लगायतको विकल्प दिएको थियो । 

      सत्तारुढ दल नेकपामा गण्डकी कि तमुवान मगरात भन्ने बहस थियो । तर, बुधबार संसदीय दलले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावमा सहमति जुटाएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d