जेष्ठ ३०,२०८३ / १० : १३ अपरान्ह / 2026-06-13 10:13 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल

      - ७ वर्ष अगाडि
      असार २२,२०७५

      काठडमाण्डौ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित चार मन्त्रालयअन्तर्गत विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथि छलफल भएको छ । 

      बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो । छलफलमा भाग लिँदै सांसद जीतेन्द्रनारायण देवले सघीय लोकतन्त्रलाई बलियो बनाउन प्रधानमन्त्री कार्यालयलाई व्यवस्थित र बलियो बनाउन आवश्यक रहेको सुझाव दिए । 

      सांसद रामनारायण विडारीले काठमाडौँ उपत्यकामा सर्वसाधारण ठूलो बसमा सहज ढंगबाट यात्रा गर्ने वातावरण बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सुझाव दिए । बैठकमा सांसद अनिता देवकोटाले विनियोजन विधेयकमाथिको छलफलमा विषयगत मन्त्रीको उपस्थिति नभएको भन्दै नियमापत्ति गर्दे बैठक स्थगन गर्न माग गरेपछि बैठक केहिबेर स्थगीत भएको थियो ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d