काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा माक्सवादको प्रयोग र अनुसरण शुरु भएको बताएका छन् ।
उनले योगमाया सतवार्षिकी समारोह तथा ७८औँ स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा वर्तमान सरकार सामन्तवाद र निरङ्कुशतन्त्रले गाढेका अवशेषलाई पन्छाएर सामाजिक रुपान्तरणका लागि अघि बढ्ने बताए । अध्यक्ष दाहालले योगमाया न्यौपाने सामाजिक र सांस्कृतिक जागरणप्रति समर्पित एक अभियन्ता भएको बताए ।
उनले योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सक्दो पहल गर्ने वचनबद्धता समेत प्रकट गरे । कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले योगमायाका नाममा आयुर्वेद विश्वविद्यालय स्थापना गर्नुपर्ने र उनलाई राष्ट्रिय विभूति घोषण गर्नुपर्ने बताए ।
मुख्यमन्त्री राईले योगमाया क्रान्तिका माध्यमबाट महिला हिंसा, जातीय विभेद र निरङ्कुशताविरुद्ध आवाज बुलन्द आवाज गर्दै गाउँबेंसी ब्यूँझाउने साहसी महिला भएको स्पष्ट पारे । कार्यक्रममा सांसद पम्फा भुसालले योगमायाले समाज रुपान्तरणमा पु¥याउनुभएको योगदानलाई अहिलेका नारीवादीले भुल्न नहुने बताईन् ।
योगमाया नेपालको पूर्वी जिल्ला भोजपुरमा जन्मिएका हुन् ।








