जेष्ठ ३०,२०८३ / १० : १५ अपरान्ह / 2026-06-13 10:15 pm
      • param ad
      • furniture
      • veera Incorporation

      जनताले अपेक्षा गरे जति काम हुन सकेको छैन, नियुक्ति बदरको निर्णय कानुनबमोजिम : थापा

      - ७ वर्ष अगाडि
      असार २२,२०७५

      काठमाण्डौं, नेपाल कम्युनिष्ट पार्टीका नेता तथा स्थायी समिति सदस्य मणि थापाले स्थायी समिति बैठकमा सरकारले गरेका काम प्रभावकारी नभएको विषय उठेको बताएका छन् । 

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै थापाले स्थायी समिति सदस्यहरुले सरकारलाई अझै प्रभावकारी हुन सुझाब दिएको जानकारी दिए । सरकार र पार्टीले अन्तराष्ट्रिय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेले पनि जनताले अपेक्षा गरे जति काम हुन नसकेको उनले बताए ।  

      थापाले सरकारले गरेका निर्णय कानुनअनुसार नै भएको दाबी गरेका छन् । अहिलेको सरकार आफ्नै मौलिक शैलीबाट अगाडि बढ्नका लागि यसअघिको सरकारले गरेका नियुक्ति बदर गरेको थापाको तर्क छ । 

      सरकारले आफ्नो सहजता र आवश्यकताअनुसार काम गर्न पाउनुपर्ने भएकाले बदरको निर्णय प्रतिशोध नभएको दाबी गरे । 

      सरकारलाई परिचालन गर्नका लागि अनुकूलता र संविधानअनुसार अगाडि बढ्नु पर्ने भएकाले नियुक्ति बदरलाई द्धन्द्धसँग जोड्न नहुने थापाले बताए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d