जेष्ठ ३०,२०८३ / १० : १९ अपरान्ह / 2026-06-13 10:19 pm
      • param ad
      • furniture
      • veera Incorporation

      संसदीय समिति सदस्यहरुको नाम यथाशीघ्र उपलब्ध गराउन राजनीतिक दललाई सभामुखको आग्रह

      - ७ वर्ष अगाडि
      असार २१,२०७५

      काठमाडौं, सभामुख कृष्णबहादुर महराले विभिन्न संसदीय समितिमा रहने सदस्यहरुको नाम यथाशीघ्र उपलब्ध गराउन राजनीतिक दललाई आग्रह गरेका छन् ।

      सिंहदरबारस्थित आफ्नै सचिवालयमा पत्रकारसँग आज कुराकानी गर्दै उहाँले एक साताभित्र संसदीय समितिले पूर्णता पाउने र शुक्रबारको बैठकमा केही समितिको गठन हुने सम्भावना रहेकोसमेत जानकारी दिए । राजनीतिक दलले संसदीय समितिमा रहने सदस्यको नाम नपठाएकै कारण समिति गठन हुन सकेको छैन । 

      सभामुखले संविधान कार्यान्वयनका क्रममा आगामी असोज २ गतेभित्र धेरै ऐन जारी भइसक्नुपर्ने भएकाले सरकारलाई कानूनका विधेयक समेत संसद्मा पठाउन  आग्रह गरे । नयाँ संविधान जारी भई लागू भएपछि पुराना कानूनको संशोधन तथा नयाँ कानून गरी संसद्मा १०० विधेयक आउनुपर्ने हुन्छ । कानून पारित गर्नुपर्ने समयावधि अत्यन्त कम भएकाले सभामुखले सरकारलाई सो आग्रह गरेका हुन् । 

      सदनमा आफूले सत्ता पक्ष र प्रतिपक्ष दुवैका आवाजलाई समान महत्व दिने भन्दै सभामुखले निर्णायक अवस्था आउँदा बहुमतकै सहारा लिनुपर्ने अवस्था रहेको स्पष्ट पारे । संसदीय समिति गठन हुँदा चार ठूला दलबाहेकका साना दललाई पनि कुनै न कुनै समितिमा समावेश गराउन आफूले पहल गर्ने सभामुख महराले स्पष्ट पारे ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d