जेष्ठ ३०,२०८३ / १० : ०६ अपरान्ह / 2026-06-13 10:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सरकार दुई तिहाई बहुमतको दम्भमा अधिनायकवादी देखाएको छ : राणा

      - ७ वर्ष अगाडि
      असार २१,२०७५

      काठमाडौं, राप्रपा प्राजातान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबराले सरकार दुई तिहाई बहुमतको दम्भमा अधिनायकवादी बनेको आरोप लगाएका छन् । 

      रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले संसदमा गृह मन्त्रीले डाक्टर गोबिन्द केसी प्रति दिएको अभिब्यक्तिले सरकारको अधिनायकबादी चरित्र प्रष्टिएको बताए । उनले जनताको पक्षमा लडिरहेको केसी अधिनाकबादी हुने र जनताको बिरोध गर्न पाउने मौलिक अधिकारलाई कुन्ठित गर्ने सरकार लोकतन्त्रबादी हुने भन्दै ब्यँग गरे ।

      उनले वर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीले सम्पति सुद्धिकरण आयोग, राजश्व अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रम कार्यालय मातहतमा ल्याउन खोज्नु शक्ति केन्दि«करण गर्ने अधिनायकवादि प्रबृतिको शंकेत भएको बताए । राणाले सर्वोच्च अदालतले बालकृष्ण ढुँगेलका हकमा सुनायको सजायलाई वर्तमान सरकारले क्षमा दिएर न्यायपालिकाको मात्र अपमान नभएर शक्ति पृथकिकरणको मूल सिदान्तको समेत खिल्ली उडाएको जिकिर गरे ।

      केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षा आयोगले र डाक्टर केसीले सिफारिस गरेको प्रवाधान सहितको बिधेक पारित नभए सम्म मेडिकल माफियाहरुको राज चलिरहने उहाँले बताए ।  उहाँले सरकाले बजार नियन्त्रण गर्न नसक्दा नेपाली जनताको ढाड सेकिएको र आकासिँदै गएको बजार मूल्यलाई नियन्त्रण गर्दै आपुर्ती बढाउने तर्फ अग्रसर बन्नु पर्नेमा जोड दिए ।

      प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल रहेको भन्दै उहाँले उत्तर र दक्षिण तर्फ नेपालको निकासी बढाउने ठोस योजनाहरु ल्याउन नसकेको बताए । 

      रेलका सवालामा दुई ठूला देश बीच  खाका बनाएर कार्यान्वयन गर्न नसके घाटाको अवस्था भोग्नु पर्ने र यस्तो अवस्थामा केवल दूई भिमकाय देशको अर्थतन्त्रका अघि फलामे बरन्डा मात्र बन्ने तर्फ समेत बेलैमा सचेत हुनु पर्नेमा जोड दिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d