जेष्ठ ३०,२०८३ / १० : ०२ अपरान्ह / 2026-06-13 10:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सरकार लोकतन्त्र र समाजवाद विपरित हिँड्यो : बाबुराम भट्टराई

      - ७ वर्ष अगाडि
      असार २०,२०७५

      काठमाण्डौ , नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सरकार लोकतन्त्र र समाजवादको सिद्धान्त र नीति विपरितका क्रियाकलाप गर्न उद्धत भएको आरोप लगाएका छन् ।

      प्रतिनिधिसभाको बुधबारको बैठकमा समय मागेर बोल्दै भट्टराईले उपत्यकाका सार्वजनिक स्थलहरुमा सभा गर्न नपाउने निर्णय गरेर सरकारले लोकतन्त्र, समाजवाद र साम्यवादको सिद्धान्त र नीतिविपरित अघि बढेको आरोप लगाए । केही समययता देखा परेका घटनाहरु लोकतन्त्र र समाजवादको सिद्धान्तले परिकल्पना गरेका नीतितर्फ उन्मुख नभएको भन्दै उहाले चिन्ता व्यक्त गरे । सरकारको केहि निर्णय लोकतन्त्रको सामान्य मुल्य मान्यतालाई कुण्ठित गर्ने काम गरेको भन्दै त्यो मान्य नहुने चेतावनी पनि दिए । 

      सबैले मिलेर बनाएको संविधानको प्रस्तावनामा नै उल्लेख लोकतन्त्रमा आधारित समाजवाद उन्मुख प्रणाली भनेकाले समाजवाद र लोकतन्त्रलाई अपनाउने नीति सरकारले लिनुपर्ने उनको भनाई छ । भट्टराईले चिकित्सा शिक्षा विधेयकलाई फिर्ता लिई डाक्टर गोविन्द केसीको स्वास्थ्य उपचारको व्यवस्था गर्दै जीवन रक्षाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । 

      त्यस्तै उनले बाढी पीडितको उद्धारमा पनि उपयुक्त ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकको बिशेष समयमा काग्रेस सांसद डिला संग्रौलाले सरकारले प्रतिपक्षी र जनताको आवाज सुन्न नसकेको आरोप लगाएकी थिइन् । 

      उनले चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरि अघि बढाईएको भन्दै खेद व्यक्त गर्दै यसअघिको सरकारले ल्याएको बिद्ययेक जस्ताको तस्तै सदनमा पेश गर्न सरकारको ध्यानाकर्षण गरेकी थिइन् । त्यस्तै उनले बिना पूर्जी डाक्टर गोविन्द केसीलाई पक्राउ गर्दै सरकारले लोकतन्त्रको उपहास गरेको जिकिर गरिन् । 

      बैठकमा सांसदहरु बाढि पहिरोबाट भएको धनजनको क्षती लगाएतका बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । 


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d