जेष्ठ ३०,२०८३ / १० : ०३ अपरान्ह / 2026-06-13 10:03 pm
      • param ad
      • furniture
      • veera Incorporation

      वैद्य भन्छन् : राजनैतिक क्रान्ति अझै पुरा हुन बाकी नै छ ।

      - ७ वर्ष अगाडि
      असार २०,२०७५

      काठमाडौँ, नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले नेपालमा राजनीतिक क्रान्ति पूरा हुन बाँकी रहेको बताउनुभएको छ । 

      जनक्रान्तिका महान् शहीद परिवार समाज नेपालले शहीद तथा बेपत्ता परिवार र पूर्वजनमुक्ति सेनाको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा मुक्तियोद्धाहरुलाई अभिनन्दन गर्दै उहाँले भन्नुभयो, “दश वर्ष लामो संघर्षमा योद्धाहरुले बगाएको रगत व्यर्थ जाँदैन । मलाई विश्वास छ ढिलो चाँडो क्रान्ति सफल हुन्छ ।” 

      सच्चा कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो । 

      त्यसैगरी कार्यक्रममा अर्का नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले क्रान्ति भएपनि जनताले अपेक्षा गरे अनुसारको परिवर्तन नआएको बताउँदै अब हुने क्रान्तिले परिवर्तन ल्याउने दाबी गर्नुभयो । 

      सम्मानित हुने माओवादी योद्धाहरुमा सन्दीप पुनः, जविल कार्की, सामना श्रेष्ठ, प्रतीक कार्की, राजन बुढाथोकी, राजेन्द्र बोहरा, उमेश विक, नवीन पोख्रेल, ज्ञानु खड्का, नग्मा माली तथा निजला माली हुनुहुन्थ्यो । 

      समाजका संयोजक कर्णजीत बुढाथोकीले परिवर्तनकामी योद्धाहरुको वीरताको कदर गर्न सम्मान कार्यक्रम गरिएको जानकारी दिनुभयो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d