कास्की, प्रदेशको नामकरण सम्बन्धमा बिवाद भएपछि प्रदेश नं ४ को प्रदेशसभा बैठक असार २१ गतेसम्मका लागी स्थगीत भएको छ ।
मंगलबार दिउसो १ बजेका लागी बोलाईएको बैठक असार २१ गते दिउसो दुईबजेसम्मका लागी सूचना टाँस गरी स्थगित गरिएको हो । बैठकमा प्रदेशको नामकरण सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सो सम्बन्धमा एकमत हुन नसकेका कारण थप छलफलका लागि बैठक सारिएको बताईएको छ ।
नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले गत जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गरेको प्रतिवेदनमा पहिलो प्राथमिकतामा गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि रहेको छ ।








