काठमाडौं, मंगलबार १ बजेका लागि बोलाइएको प्रदेश नं ४ को प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।
स्रोतका अनुसार मंगलबारको बैठकमा प्रदेशको नामकरण सम्बन्धमा छलफल हुने कार्यसूची रहेकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सो सम्बन्धमा एकमत हुन नसकेका कारण थप छलफलका लागि बैठक असार २१ गते दिनको २ बजेसम्मका लागि स्थगित गरीएको हो ।
नामङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले गत जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गरेको प्रतिवेदनमा पहिलो प्राथमिकतामा गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि रहेको छ ।








