काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै नहाएको बताएका छन् ।
शुक्रवार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार गठन भएको धेरै नभएको र केही राम्रा कामको शुरुवात सरकारले गरेकाले नकारात्मक टिप्पणी गर्नुपर्ने कुनै कारण नदेखीएको बताए । अध्यक्ष कमलले सिद्धान्त नमिल्नेसँग आफ्नो पार्टीको एकता नहने बताउँदै आफ्नो दलले राप्रपा प्रजातान्त्रिकसँग एकता प्रक्रिया पुनःअघि बढाएको बताए ।
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले निर्वाचनमा पराजय व्यहोरेपछि आफ्नो पार्टी अहिले संगठन विस्तार, जनपरिचालन, भ्रष्टाचार विरुद्ध भण्डाफोर अभियानमा सक्रिय रहेको बताए ।








