जेष्ठ ३०,२०८३ / ०८ : ५९ अपरान्ह / 2026-06-13 08:59 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : देउवा

      - ७ वर्ष अगाडि
      असार १५,२०७५

      काठमाडौं, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबै एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । 

      नेपाली काँग्रेस चाँगुनारायण नगर समितिले धान दिवसको अवसरमा शुक्रबार  बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै सभापति देउवाले सबै मिलेर पार्टीलाई अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले आगामी दिनमा सबै एक भएर अगाडि बढे काँग्रेस पुन : देशको एक नम्बरको पार्टी बन्ने बताए । 

      सांस्कृतिक परम्पराले नेपाली संस्कृतिलाई जीवन्त बनाएको भन्दै सभापति देउवाले धान दिवसले कृषि परम्परा र संस्कृतिको पहिचान स्थापित गरेको बताए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d