जेष्ठ ३०,२०८३ / ०९ : ०२ अपरान्ह / 2026-06-13 09:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारको अहिलेको गतिविधिमा केही आशा र आशंका जीवित छ : कमल थापा

      - ७ वर्ष अगाडि
      असार १४,२०७५

      काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधिले केही आशा र आशंका पैदा भएको बताएका छन्  । 

      मिडिया नेपाल चितवनले विहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दुई तिहाइ बहुमतको सरकारबाट अहिले जनाताले राजनीतिक स्थायित्व, विकास र समृद्धिको आशा गरेको बताए । तर सरकारबाट दुई तिहाइ मतको दुरुपयोग गर्दै एक दलीय शासन पद्धति ल्याउने होकि भन्नेमा आशंका रहेको समेत बताए । 

      पर्टी अध्यक्षका अनुसार “दुई तिहाइ मतको दुरुपयोगले गर्दा मुलुकमा बिखण्डनकारीले फाइदा लिन सक्ने खतरा पनि कायम नै छ ।” मुलकमा यो अवस्था आउन नदिनका लागि बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको उनको भनाइ छ । 

      अध्यक्षले राप्रपा प्रजातान्त्रिकसँग पार्टी एकताका लागि कुरा भइरहेको भन्दै अघिल्लो समयको जस्तोे जस्तो थोरै समयमा टुटफुट हुने खालको नभई अबको एकता दीर्घकालीन हुने बताए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d