काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले लागू औषधसम्बन्धी अपराधलाई नियन्त्रणका लागि सहयोग गर्न सबैलाई आग्ह्वान गरेका छन् ।
गृहमन्त्री थापाले लागुऔषद दुरुपयोग तथा ओसारपोसार विरुद्धको अन्तराष्ट्रिय दिवस मुल समारोहको सम्वोधन गर्दै सवैलाई आग्ह्वान गरेका हुन् । गृहमन्त्री थापाले लागू औषधको दुरुपयोग रोक्न सरकारले सम्बन्धित विभिन्न निकाय तथा संघसंस्थाहरुको समन्वयमा प्रयास गरिरहेको पनि स्पष्ट पारे । उनले कानुनको प्रभावकारी कार्यान्वयनमार्फत् लागू औषध दुरुपयोग नियन्त्रण गर्न लागि परेको दावी समेत गरे ।
उनले सवल, सक्षम र स्वस्थ जनशक्तिको माध्यामबाट मुलुकलाई समुन्नत बनाउने अभियानमा लागू औषध बाधकको रुपमा रहेको भन्दै त्यसलाई निष्तेज पार्न सबै पक्ष एकजुट भएर अघि बढनुको विकल्प नरहेको बताए । गृहमन्त्री थापाले लागू औषधको विश्वव्यापी समस्याबाट नेपाल पनि अछुतो नरहेको भन्दै चिन्ता समेत व्यक्त गरे।
गृहमन्त्री थापाले लागू औषधको उत्पादन, सञ्चय, ओसारपसार, बिक्री वितरण र सेवनजस्ता अपराधलाई नियन्त्रण गर्न सरकारले सम्बन्धित निकायलाई आवश्यक्ता अनुसार परिचालन गरिरहेको बताए ।








