जेष्ठ ३०,२०८३ / ०८ : ०८ अपरान्ह / 2026-06-13 08:08 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेवि संघको विरोधमा रचनात्मक शैली, मूल्यवृद्धिविरुद्ध दाउराले आगो बालेर भोजन

      - ७ वर्ष अगाडि
      असार ४,२०७५

      काठमाण्डौ । सरकारको मूल्यवृद्धि विरुद्ध नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले सामूहिक भोजन कार्यक्रम गरेको छ ।

      सरकारले पटक पटक पेट्रोलियम पदार्थ तथा दैनिक उपभोगका सामानहरुमा गरेको मूल्य वृद्धिले गर्दा बाहिर जिल्लाबाट काठमाडौँ आएर भाडामा वस्ने विद्यार्थीहरु दैनिक जिवनमापनमा समस्या परेको संकेतस्वरुप दाउराले खाना पकाएर खाइएको थियो ।

      कीर्तिपुर क्षेत्रमा चामल, नून, तेल, दाल,तरकारी मागेर दाउराले खाना पकाई बीच सडकमा खाना खाँदै सरकारको मूल्य वृद्धि विरुद्ध आन्दोलन गरेको नेबि सघ केन्द्रिय महामन्त्री कुन्दनराज काफ्लेले बताए ।

      उक्त कार्यक्रममा नेवि संघ महामन्त्री कुन्दन काफ्ले, केन्द्रीय सदस्य शुशिल भट्ट, नवराज त्रिपाठी, प्रकाश सेढाई सहितका नेता तथा कार्यकर्ताको उपस्थिती रहेका थियो ।

      नेवि संघ केन्द्रिय सदस्य सुशील भट्ट आन्दोलनको रचनात्मक कार्यक्रम अन्तर्गत सरकारलाई ध्यानाकर्षण गराउने प्रयास गरेको बताउछन् । उक्त कार्यक्रममा बोल्दै त्रिवि अध्यक्ष हरि आचार्यले भने ‘‘सरकारले मूल्यबृद्धि फिर्ता नगरेसम्म आन्दोलन चलिरहने छ ।’’

      नेवि संघ केन्द्रीय सदस्य सुशील भट्ट आन्दोलनको रचनात्मक कार्यक्रम अन्तर्गत सरकारलाई ध्यानाकर्षण गराउने प्रयास गरेको बताए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d