काठमाडौं, मन्त्रालयगत बजेट विनियोजनप्रति सांसदहरुले विरोध गरिरहेका बेला स्थायी कमिटीमा पनि असन्तुष्टि पोखिन थालेको हो ।
शनिबार बसेको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत बजेटप्रति असन्तुष्टि जनाएको स्रोतले श्रोतको दावी छ । त्यसअघि संसदीय दलको बैठकमा केपी शर्मा ओलीसँगै प्रचण्डले बजेटको बचाउ गर्न सवैलाई निर्देशन दिएका थिए । तर, लगत्तै बसेको स्थायी कमिटीमा भने उनले विरोध जनाए । बजेटले पार्टी एकताले पैदा गरेको उत्साह र नीति तथा कार्यक्रमसम्म आइपुग्दा रहेको सकारात्मकताको प्रतिनिधित्व गर्न नै नसकेको भन्दै उनले टिपणी गरे ।
पोलिटिक्स इन कमाण्ड’ नहुँदा कसरी बिग्रिदोरहेछ भन्ने प्रमाण बजेट भएको उनले बताए । ‘पोलिटक्स इन कमाण्ड’मा विज्ञता चाहिने उनको तर्क थियो । पार्टीका नेताहरुलाई पाखा लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई बनाएका थिए । बजेट बनाउने क्रममा अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री ओलीसँगै पार्टी अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेका थिए ।
तीन जनाबीच छलफल भएको तर त्यसअनुसार बजेट नआएको उनले बताए । सम्भव भएसम्म बजेटलाई सही दिशामा लैजान छलफल गर्नुपर्ने प्रचण्डले बताएका छन् । स्थायी कमिटी बैठकमा पनि मन्त्रीहरुको कामकारवाहीप्रति असन्तुष्टि प्रकट भएको छ । संसदीय दललगत्तै बसेको स्थायी कमिटी बैठकमा पनि सरकारको काम कारवाहीबारे प्रश्न उठेपछि थप प्रभावकारी बनाउने निर्णय गरेर बैठक टुंगिन पुगे । दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा बजेटको विरोध नगर्न निर्देशन दिएका छन् ।
उनले जायज कुराको सुनुवाई होस् भन्ने चाहेको हो भने संसदमा बोल्नुनपर्ने बताए ।








