काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार नै काम गर्ने प्रयास गरिरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै भट्टराईले नेपाली कांग्रेसले सरकारको हरेक काममा अधिनायकवाद दृश्यले हेरेको भन्दै आपत्ति समेत जनाए । कांग्रेसलाई त्यति धेरै छटपटी किन भइरहेको हो त्यो बुझ्न नसकिएको नेता भट्टराईले बताए । सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्दा कोही–कसैले पनि आपत्ति गर्नु नपर्ने उनको भनाइ छ ।
नेता भट्टराईले कम्युनिष्टहरूबीचको एकताले स्वदेश र विदेशमा सकारात्मक सन्देश गएकाले अब जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने समय आएको बताए ।








