जेष्ठ ३०,२०८३ / ०८ : २० अपरान्ह / 2026-06-13 08:20 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजपा सरकारमा सहभागि हुने बारे औपचारिक वार्ता नै भएको छैन : यादव

      - ७ वर्ष अगाडि
      असार १,२०७५

      काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले अहिलेको आवश्यकता संविधान संशोधन नै भएको बताएका छन् ।

      अहिलेको सरकारले आफूहरुले भनेअनुसार संविधान संशोधन गरेको बताउँदै यादवले प्रतिवद्धता पूरा गर्नुपर्ने बताए । 

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले अहिलेकै परिस्थितीमा राजपा सरकारमा सहभागि नहुने बताए । 

      अहिले राजपा राजपा सरकारमा सहागि हुने कुरा अनावश्यक भएको उनको भनाई छ । 

      “तपाईहरु किन राजपालाई सरकारमा सहभागि हुन उद्धत हुनुहुन्छ, मैले बुझेको छैन । हाम्रै पार्टीका केही नेताहरु सरकारमा सहभागि हुने कुरा गरिरहनुभएको छ । तर उहाँहरुको कुराको महत्व हुँदैन ।” यादवले भने ।

      पार्टीको शीर्ष तहबाट सरकारमा सहभागि हुनका लागि औपचारिक रुपमा वार्ता नै नभएको उनले बताए । 

      सरकारले राजपाको मुद्दा सम्बोधन गर्ने कुनै लक्षण नै नदेखाएको यादवको भनाई छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d