काठमाडौं, प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएका छन् ।
हरेक पक्षमा संविधानको भावना मिचिन थालेको भन्दै विपक्षी सांसदहरुले सरकारलाई चेतावनी दिएको हो । संसदको बिहीबार बसेको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुलाई काम गर्ने मन छ कि छैन भनी प्रश्न समेत गर्दै जेलमा जाने हो मन नगर्नुहोस् भन्दै चेतावनी दिए । सरकारले पनि त्यही नियम, कानुन र संविधानअनुसार काम गर्नु पर्ने उनको मुख्य जोड छ । देशमा ‘नियम छ, कानुन छ, संविधान छ ।
तिनै नियम, कानून, संविधानको पालना होस् । त्यही नियम, कानुन, संविधान अन्तरगत बसेर काम गर्न सवेको चाहाना हुनुपर्ने उनले बताए । ‘सरकारलाई नियम कानुन भन्दा बाहिर जाने अधिकार नभएको स्प्रस्ट पारे । संविधान बनाउने क्रममा सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक सोचविचार गरेर राखेको भन्दै उनले दलीय स्वार्थअनुसार गलत ब्याख्या नगर्न आग्रह गरे ।
संसदमा प्रतिपक्षले आफ्नो ठाउँ नपाउने र संविधानको कार्यान्वयन हुन्छ भन्ने विश्वास भएन भने संसद छाडेर जनताको माझमा जाने उनको चेतावनी छ ।








