काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पचण्डले अहिलेको एजेण्डा भनेको सुशासन र समृद्धि रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले त्यस्तो बताएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा नभएको तर चुनावका बेला छलफल हुन सक्ने बताए ।
उनले संघीय समाजवादी फोरमसँग पार्टी एकताबारे चर्चा चलेको तर, तत्काल सम्भव नभएको बताए । साथै राजपालाई पनि सरकारमा ल्याउन बालुवाटारमा छलफल भएको भन्दै उनले यसबारे थप सल्लाह हुने बताए ।








