जेष्ठ ३०,२०८३ / ०८ : ३१ अपरान्ह / 2026-06-13 08:31 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सबै राप्रपा एक हुनुको विकल्प छैन : राणा

      - ८ वर्ष अगाडि
      जेष्ठ २७,२०७५

      काठमाण्डौ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले समान विचार भएका दल वा व्यक्तिको पहिचान गरेर एकताका लागि प्रयास गरिने बताएका छन् ।

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै राणाले संगठन विस्तारका लागि एकता र मेलमिलाप गर्नुपर्ने भएकाले त्यसका लागि समिति गठन गरिएको बताए ।

      राणाले डा. प्रकाशचन्द्र लोहोनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी, कमल थापा नेतृत्वको राप्रपासहित अन्य झण्डै एक दर्जन समान विचार भएका दल वा समुहसँग एकताको प्रयास गरिने बताए ।

      कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहोनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी केही समयअघि एक भएका थिए ।

      तर विवादकै कारण अहिले एउटै दल तीनतिर भएको छ । यसले कुनै पनि दल सफल नहुने भन्दै राणाले एकताको विकल्प नभएको बताए ।

      तत्कालिन परिस्थितीले पार्टी फुटाउनुपर्ने अवस्था आए पनि अहिलेको परिस्थितीले मिलाउनुपर्ने भएको राणाको भनाई छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d