जेष्ठ ३०,२०८३ / ०८ : ३५ अपरान्ह / 2026-06-13 08:35 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सभामुख र उपसभामुख एउटै दलको हुनु संविधानविपरित

      - ८ वर्ष अगाडि
      जेष्ठ २७,२०७५

      काठमाण्डौ । राष्ट्रियसभा र प्रतिनिधीसभाका सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण अहिले नेपाल कम्युनिष्ट पार्टी समस्यामा परेको छ । 

      केही समयअघिसम्म अलग अलग पार्टी रहेका तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भागबण्डाका आधारमा सभामुख र उपसभामुख पद बाँडेका थिए । तर अहिले दुवै पार्टी एउटै बनिसकेको छ । 

      संविधानमा भएको व्यवस्थाअनुसार अब सभामुख र उपसभामुखमध्ये कुनै एउटा पद अरु दललाई दिनुपर्ने अवस्था आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस विषयमा प्रश्न उठाउन सुरु गरिसकेको छ । 

      सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टीले भने संविधानमा भएको व्यवस्था नै त्रुटिपूर्ण रहेको भनेको छ । 

      नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले संविधानअनुसार अहिलेका सभामुख वा उपसभामुखमध्ये एक जनाले राजिनामा दिएर अरु कुनै दलबाट बनाउनुपर्ने बताए । 

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै बडूले संविधानअनुसार जानुपर्ने बताए । 

      तर नेकपामा नेता देवेन्द्र पौडेलले भने संविधान नै त्रुटिपूर्ण रहेको संकेत गरे । “नेपालका सबै पार्टीहरु मिलेर एउटै भए भने सभामुख र उपसभामुख के हुन्छ होला ?” पौडेलले प्रश्न गरे ।

      तर संविधानको पालना गर्न आफूहरु प्रतिवद्ध रहेको भन्दै पौडेलले छलफल गरेर निकास खोज्न तयार रहेको बताएका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d