जेष्ठ ३०,२०८३ / ०८ : ४७ अपरान्ह / 2026-06-13 08:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      जनप्रतिनिधि हत्यारालाई कडा कारवाही हुनुपर्छ : गोमा देवकोटा

      - ८ वर्ष अगाडि
      जेष्ठ २५,२०७५

      काठमाडौं, प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा कालिकोटका जनप्रतिनिधि मना सार्की कुटपिट गरी मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखद्धारा सरकारको ध्यानाकर्षण गराइएको छ । 

      बैठकको सुरुवाती समयमा नै समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोमा देवकोटाले ‘मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्य भएको बताएकी छन् । उक्त जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का तत्कालीन नेकपा (एमाले) बाट दलित महिला सदस्यमा निर्वाचित सार्कीको गत जेठ १९ गते स्थानीयवासीको कुटपिटबाट निधन भएको थियो । 

      सांसद देवकोटाले उक्त घटनामा संलग्न राजेन्द्र शाही र सिर्जना शाहीलगायतका दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न गृहमन्त्रीसँग माग समेत गरीन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d