जेष्ठ ३०,२०८३ / ०८ : २७ अपरान्ह / 2026-06-13 08:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपा र संघीय समाजवादी फोरम नेपालबीच कुनैपनि हालतमा एकता हुंदैन : उपेन्द्र यादव

      - ८ वर्ष अगाडि
      जेष्ठ २४,२०७५

      काठमाडौं, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच एकीकरणको सम्भावना नरहेको प्रष्ट पारेका छन् । 

      यादवले बिहीबार विज्ञप्ति जारी गर्दै एकीकरण हुन लागेको भन्दै केही दिन यता चलेका चर्चा आधार विना आभारको भएको बताएका हुन् । केही दिनयता विभिन्न संचारमाध्यम तथा सामाजिक सञ्जालहरुमा संघीय समाजवादी फोरम, नेपाल र नेकपाबीच पार्टीवीच एकीकरण हुन लागेको भनि प्रचारित समाचारहरुप्रति फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाउको छ । 

      विज्ञप्तिमा संघीय समाजवादी फोरम नेपालको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलरपार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको थियो । 

      उनले फोरम, नेपाल र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको अवस्थामा पनि पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार गरेको भन्दै त्यसको आलोचना समेत गरे ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d