काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधान तयार पारेको छ ।
विधानमा दुवै अध्यक्षलाई समान अधिकार उल्लेख गरीएको छ । नेकपाले यसअघि पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाएको विधानलाई अन्तिम रुप दिन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई जिम्मा दिएको थियो ।
सोही अनुरुप अध्यक्ष प्रचण्डले बुधबार केही संशोधनसहित विधानलाई अन्तिम रुप दिएका हुन् । उनका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ का अनुसार, विधानले दुवै अध्यक्षलाई समान हैसियत र अधिकार प्रदान गरेको जानकारी दिए ।
राजनीतिक दस्तावेजमा प्रचण्डको नेतृत्वमा भएको १० वर्षे जनयुद्धले उत्पीडित जाति, वर्ग, लिंग र समुदायलाई जागरुक बनाएको र त्यसले गणतन्त्र स्थापनामा भूमिका खेलेको शब्दावली समेत प्रयोग गरिएको छ ।
तथापी यो संगै अव भने नेपाल कम्युनिस्ट पार्टीले कानुनी मान्यता पाएको छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भए लगतै कानुनी मान्यता पाएको हो ।
निर्वाचन आयोगले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को नाम दर्ता गर्ने निर्णय गरेको जनाएको छ । गत जेठ ३ गते पार्टी एकता घोषणा भएलगत्तै शीर्ष नेताहरुले आयोगमा दल दर्ताका लागि निवेदन पेश थिए ।








