काठमाडौं, संसदीय प्रक्रियाबारे जानकारी गराउन संसद सचिवालयले आयोजना गरेको तालीमप्रति सांसदहरु असन्तुस्ट जनाएका छन् ।
सरकारी बजेट थन्क्याएर सचिवायलले राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको लगानीमा तालिम गर्न लागेको भन्दै सांसदहरुले असन्तुष्टी जनाएका हुन् । संसदीय प्रक्रियाबारे जानकारी गराउन भन्दै सचिवालयले वुधबार र विहिबार दुईदिन प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरुको लागि तालिमको आयोजना गरेको छ ।
अपारदर्शीता र सरकारको नियन्त्रणबाहिर रहेका संस्थाहरुले आयोजना गर्ने कार्यक्रमको औचित्य नहुने नेकपाका सांसद झपट रावलले बताए । उज्यालोसँगको कुराकानीमा उहाँले आफू तालिममा सहभागी नहुने जानकारी गराए ।
तर सचिवालयले भने यूएनडीपीसँग यसअघि पनि सहकार्य हुँदै आएको र यसपटक पनि नियमित कार्यक्रम अन्तर्गत नै तालिम आयोजना गरिएको जनाएको छ ।








