जेष्ठ ३०,२०८३ / ०७ : २६ अपरान्ह / 2026-06-13 07:26 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बहुमतको बलमा तानाशाह नदेखाउ : कृष्ण सिटौला

      - ८ वर्ष अगाडि
      जेष्ठ २१,२०७५

      काठमाण्डौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बहुमतको आधारमा सरकारले तानाशाही गर्न खोजेको आरोप लगाएका छन् । 

      सिटौलाले सरकारले बहुमतको दम्भ देखाए काग्रेसले सदनमा कडा आवाज उठाउने चेतानी दिएका छन् । नेपाल विद्यार्थी संघ प्रदेश ३ ले सोमबार काठमाडौमा आयोजना गरेको वर्तमान सन्दर्भमा नेविसंघको भूमिका बिषयक अन्तक्र्रिया कार्यक्रममा सिटौलाले वामपन्थी सरकारले बहुमतको बल देखाउँदै जनताको भावनाविपरितका कार्यक्रम ल्याएको आरोप लगाए । 

      जनतालाई जगाउने पार्टीका रुपमा चिनिएको कांग्रेस आफै सदनभित्र सुते अरूलाई जगाउन नसक्ने सिटौलाको भनाई छ ।  पार्टी सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलका नेता भए पनि सशक्त भूमिका निभाउन नसकेको सिटौलाको आरोप थियो । 

      पार्टीभित्र आत्मीयता भएपनि पछिल्लोपटक पार्टी सभापति एक्लै हिड्न खोजेको सिटौलाको आरोप थियो । कार्यक्रममा सिटौलाले निर्वाचन प्रचारका क्रममा उदयपुरमा वम विस्फोटमा परी घाइते भएकी मीरा कटुवाललाई सहयोग हस्तान्तरण गरे । कटुवाललाई नेविसंघ अमेरिकाका संयोजक प्रभातराज सापकोटाको संयोजनमा पठाएको ३ लाख रकम हस्तान्तरण गरेका हुन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d