काठमाडौं, नेपाली काँग्रेसका बरिष्ट नेता तथा केन्द्रीय सदस्य रमेश लेखकले जनताका नैसर्गिक अधिकार र लोकतान्त्रिक गणतन्त्रलाई सरकारले वचाउनु पर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन बाजुराले आईतवार आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता लेखकले संविधानको ग्यारेण्टी तथा मौलिक हक अधिकार सुनिश्चित गरेर अघि बढ्न सरकारलाई आग्रह गरे । सबै राजनीतिक दलको सहकार्यमा नै संविधान कार्यान्वयन भएको लेखकको भनाई छ ।
उनले काँग्रेसको नेतृत्वमा नै मुलुकले एतिहासिक सफलता प्राप्त गरेको समेत बताए ।
काँग्रेसले सरकारले गरेका काम कारबाही र संविधान कार्यान्वयन तथा राष्ट्रको हक हितमा सहयोग गर्ने वताउदै काँग्रेसले प्रभावकारी रुपमा बलियोे प्रतिपक्षको भूमिका निर्वाह गर्ने समेत बताए ।








