काठमाडौं, आर्थिक वर्ष २०७५–७६ का लागि विनियोजित बजेटमाथि आईतबार जारी छलफलमा फरक फरक दलका फरक सांसदहरुले फरक विचार व्यक्त गरेका छन् ।
त्यसै क्रममा जारी छलफलमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद राजकिशोर यादवले जनताको मत जितेर आएका जनप्रतिनिधि संसदमा रुनुपर्ने स्थिति सिर्जना हुनु दुखद भएको वताएका छन् । यादवले बजेट कुन सिद्धान्त अनुसार विनियोजन गरिएको भनी अर्थमन्त्रीसँग प्रश्न समेत गरे ।
उहाँले समग्र बजेट विनियोजनलाई मुल्याङकन गर्दा संघीयतालाई समाप्त पार्ने गरी षडयन्त्रपूर्वक बजेट ल्याईएको पो होकी भनी संका समेत गरे ।
त्यसैगरी छलफलमा बोल्दै नेकपाका सांसद प्रभु शाहले विकास निर्माणको सवालमा बजेटमा धेरै अमूर्त विषय आएको भन्दै शिर्षकको बाँडफाँड स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए ।
उनले ग्रामीण क्षेत्रका लागि जनता आवास कार्यक्रम र शहरी क्षेत्रमा प्रधानममन्त्री आवास कार्यक्रममा विनियोजित बजेट स्पष्ट हुन नसकेको बताए ।








