काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीको इतिहासमा आफ्नो योगदानलाई अवमूल्यन गर्ने अधिकार कसैसँग नभएको बताएका छन् ।
चीनमा भएको कार्ल मार्क्स सम्मेलनमा भाग लिए पस्चात शनिबार स्वदेश फर्केका खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै त्यस्तो बताएका हुन् । साथै पार्टी एकतामा आफ्नो भूमिका महत्वपूर्ण रहेको दाबी समेत गरे । आफ्नो वरीयता तोक्नेहरु कम्युनिष्ट सिद्धान्त र आदर्श नबुझ्नेहरु भएको उनको टिप्पणी छ ।
नेता खनालले कम्युनिष्ट सिद्धान्त र आदर्श बुझ्नका लागि गहन चिन्तन आवश्यक भएको भन्दै त्यसमा लाग्न सुझाव समेत दिए ।








