काठमाडौं, नेपालका कम्युनिस्ट पार्टीको अभूतपूर्व सफलताले विश्वभरका कम्युनिस्टहरुलाई उत्साहित बनाएको निष्कर्ष सहित ६ बुँदे काठमाडौं घोषणपत्र जारी गर्दै दुईदिने अन्तराष्ट्रिय कम्युनिस्ट सम्मेलन सम्पन्न भएको छ ।
विश्व कम्युनिष्ट आन्दोलनका विचारक कार्ल मार्क्स जन्मिएको २०० वर्ष पूरा भएको अवसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारदेखि काठमाडौंमा २ दिने कार्ल मार्क्स द्विशतवार्षिकी अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । नेपाल कम्युनिस्ट पार्टीको आयोजना भएको दुई दिने सम्मेलनमा नेपाललगायत भारत, जापान, कोरिया, ब्राजिल, जर्मनका ४० भन्दा बढी कम्युनिस्ट पार्टीका नेता सहभागी सहभागी रहेका थिए ।








