जेष्ठ ३०,२०८३ / ०७ : २७ अपरान्ह / 2026-06-13 07:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बजेटले जनतालाई उत्साहित बनाउन सकेन : लेखक

      - ८ वर्ष अगाडि
      जेष्ठ १८,२०७५

      काठमाण्डौ । नेपाली कांग्रेसका नेता रमेश लेखकलले सरकारले ल्याएको बजेट स्वागत गर्न योग्य नभएको बताएका छन् ।

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै लेखकले विगतका वर्षमा आउने गरेको जस्तै बजेट यसपटक पनि आएको बताए ।

      “बजेटले नयाँ कुरा, नयाँ दृश्टीकोण र मुलुकलाई नयाँ ढंगले अगाडि बढाउने कुनै योजना समावेश गरेको छैन । विकास र समृद्धिका जसरी कुरा गरिएको छ, त्यो ढंगले यो बजेट आएको छैन ।” लेखकले भने ।

      बजेटमा निराशाका पक्ष धेरै भएकाले विगतको भन्दा पनि नराम्रो भएको उनको दाबी थियो । बजेटले जनतालाई उत्साहित बनाउन नसकेको लेखकको भनाई छ ।

      “मैले त इतिहासकै निराशाजनक बजेटका रुपमा लिएको छु ।” लेखकले भने । सात नम्बर प्रदेशमा कुने पनि ठूला योजना समावेश नगरिएको उनले बताए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d