काठमाडौं, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले बजेटप्रति ‘हावादारी’ नाम दिएर टिप्पणी गरेकोमा आपत्ति जनाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रि ओलीले बजेटलाई ‘हावादारी’ भनेर टिप्पणी गर्ने आफै ‘हावादारी’ भएको भन्दै आपत्ति जनाएका हुन् । प्रधानमन्त्रि ओलीले बैचारिक भिन्नता देखाउने तर भ्रष्टाचारको मामलामा उस्तै देखिने राजनीतिक विचारधाराको कुनै अर्थ नहुने भन्दै सचेत हुन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले शिक्षालाई विकास र उत्पादनसँग जोड्ने सरकारको योजना रहेको पनि बताए । उनले गुणस्तरीय शिक्षा दिने काममा जिम्मेवारी बोधका साथ अघि बढन शिक्षकहरुलाई पनि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले एक वर्ष भित्र मुलुकबाट निरक्षरता उन्मुलन गर्ने दावी समेत गरे ।








