काठमाडौं, काठमाडौंमा कार्ल मार्क्स द्विशतवार्षिकी अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ ।
विश्व कम्युनिष्ट आन्दोलनका विचारक कार्ल मार्क्स जन्मिएको २०० वर्ष पूरा भएको अवसरमा बुधबारदेखि काठमाडौंमा २ दिने कार्ल मार्क्स द्विशतवार्षिकी अन्तराष्ट्रिय सम्मेलन सुरु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टीको आयोजना भएको दुईदिने सम्मेलनमा नेपाललगायत भारत, जापान, कोरिया, ब्राजिल, जर्मनका ४० भन्दा बढी कम्युनिस्ट पार्टीका नेता सहभागी सहभागी रहेका छन् । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट आन्दोलन र क्रान्तिबारे कार्यपत्र पेस गरे ।
प्रधानमन्त्रि ओलीले समाज परिवर्तनका लागि कार्ल मार्क्सको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको प्रष्ट पारे । उनले मुलुकको समृद्धिका लागि लगानीको वातावरण प्रशस्त गर्दै औद्योगिक क्रान्तिबाट स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरिने बताए ।
उनले सुशासन, भ्रष्टाचारको अन्त्य, छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध सुदृढीकरण गर्नुजस्ता कार्य सरकारको मूल लक्ष्य रहेको वताए ।








