जेष्ठ ३०,२०८३ / ०६ : ३९ अपरान्ह / 2026-06-13 06:39 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालमा पानी जहाज चल्छ र रेल गुड्छ : प्रधानमन्त्रि

      - ८ वर्ष अगाडि
      जेष्ठ १३,२०७५

      काठमाडौं, संसदमा नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै वर्तमान प्रधानमन्त्रि केपी शर्मा ओलीले नेपालमा पानी जहाज चल्ने र रेल गुड्ने ठोकुवा गरेका छन् । 

      ओलीले स्वीजरल्न्ड, मंगोलीया जस्ता भुपरिवेष्ठित देश वाटर केन्टिभिटिमा जोडिएको बताउँदै हाम्रो देशमा पनि पानीजहाज चल्ने बताए । उनले रेल र पानीजहाजको विषय मजाक नभएको प्रष्ट पार्दै यसमा विश्वस्त रहन सवैलाई आग्रह गरे । 

      नयाँ र नौलो कुरालाई गर्दा पत्याउन ढिला गर्ने जनताको प्रवृति छ तर हेर्दा हेर्दै पानी जहाज चल्ने, रेल गुड्ने उनले वताए । नदिको बाटोबाट पानी जहाज र रेलबारे भएको तयारी सबैलाई जानकारी भएको उनले बताए । 

      अर्को प्रसंगमा आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने प्रष्ट पारे । यस्तो विषयलाई छलफलमा बसेर टुग्याउन छोडेर चर्चाको विषय बनाउन आवश्यक नभएको उनको भनाई रहेको छ । 

      अहिलेको समयमा समस्या देखाउने नभई समधानको वाटो खोज्ने वताउदै उनल अहिलेको सरकार समस्या समाधान गर्न तत्पर रहेको वताउनु भयो । 


      तथापी नेपाल भारत सम्वन्धमा सुधार आएको बताउँदै उनले १९५० लगायतका सन्धि सम्झौताबारे समिक्षा गर्न बनाइएको प्रभुत्व समूह (इपीजी)को काम अन्तिम चरणमा पुगेको समेत वताए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d