जेष्ठ ३०,२०८३ / ०६ : ३९ अपरान्ह / 2026-06-13 06:39 pm
      • param ad
      • furniture
      • veera Incorporation

      संविधानको अवधारणामा सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न अघि बढ्दै : कमल थापा

      - ८ वर्ष अगाडि
      जेष्ठ १०,२०७५

      काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको अवधारणामा अहिलेको सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न अघि वढेकोआरोप लगाएका छन् । 

      सरकार र विपक्षी दलहरुविचको असमझदारीको कारण पनि त्सको मुख्य प्रमाण भएको थापाले बताए । राष्ट्रियताको पक्षमा लिएको अडान र केपी ओलीलाई जनताले दिएको मत तर जनताको सोचअनुसार शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउनेमा शंका उत्पन्न भएको बताए । बिहीबार राजधानीमा भएको कार्यक्रममा थापाले निर्वाचित सर्वसत्तावादी मोडलको अभ्यास गर्न खोजीरहेको वताए । 

      भ्रष्टाचार नियन्त्रणको नारा दिने तर वास्तवमा आफ्ना विरोधीलाई कारबाही र समर्थनलाई संरक्षण दिने काम वर्तमान सरकारले गरेको उनको दावी रहेको छ । त्यति मात्र नभएर मिडिया समेत निशानामा पर्न सक्ने उनको आशंका रहेका छ । संविधानलाई स्वागत नगरेको नाकाबन्दी लगाएको भारतका प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्ने तर, नागरिक अभिनन्दन गर्न नहुने थापाले धारणा राखे ।

      सत्तामा पुगेपछि टिकिरहन बाहृय शक्तिको आर्शिवाद चाहिन्छ भन्ने विगतको आत्मसमर्पणवादी मानसिकता केपी ओलीमा पनि देखिन थालेको होकी भनि उनले शंका समेत गरे ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d