जेष्ठ ३०,२०८३ / ०६ : ३९ अपरान्ह / 2026-06-13 06:39 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओलीको चिन भ्रमण : न एजेण्ड न तयारी

      - ८ वर्ष अगाडि
      फाइल तस्विर
      जेष्ठ १०,२०७५

      काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आउँदो असार ५ गते उत्तरी छिमेकी देश चीनको राजकीय भ्रमणमा जाने भएका छन् । तर, भ्रमणको औपचारिक घोषणा भने गरिएको छैन ।

      प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा विगत भएका सहमति तथा सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल हुने अधिकारीहरुले बताएका छन् ।

      विगतमा भएका सहमति कार्यान्वयन गर्ने अर्को सहमति खोज्नका लागि प्रधानमन्त्री ओली चिन जान लागेका हुन् ।

      चीनले नेपालमा विद्युत प्रसारण लाइन, रेल मार्ग र सडक संजाल लगायतका क्षेत्रमा सहयोगको प्रतिवद्धता जनाएको छ । यसअलावा सहयोगका अन्य क्षेत्रको पहिचान गरी लगानी मैत्री वातावरण वनाउने र उच्च राजनीतिक स्तरमा भ्रमण आदान प्रदान गराउन नेपालले पहल गर्नु पर्ने छ ।

      चीन भ्रमणका बेला प्रधानमन्त्री ओलीले यसअघि भएको व्यापार तथा पारवहन सन्धिको कार्यान्वयनसहित तत्कालीन र दिर्घकालिन प्राथमिकताका आधारमा चिनिया सहयोग अभिवृद्धिका लागि पहल गर्नु पर्ने छ ।

      २०७२ साल चैतमा प्रधानमन्त्री ओलीको भ्रमणका बेला भएका १० बुँदे सम्झौताको कार्यान्वयन सन्तोजनक छैन । त्यसबीच नेपालले बेल्ट एण्ड रोड ईनिशीएटिभ्स बिआरआई परियोजनामा हस्ताक्षर पनि गरिसकेको छ । यो पृष्ठभूमिमा प्रधानमन्त्री ओलीलाइ आफ्नो चीन भ्रमण सफल बनाउने चुनौति छ ।

      प्रधानमन्त्री ओलीले गएको चैत अन्तिम साता अर्काे छिमेकी देश भारतको राजकीय भ्रमण गरेका थिए । ओलीको भारत भ्रमण लगतै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङको भ्रमण गरेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d