जेष्ठ ३०,२०८३ / ०६ : ४० अपरान्ह / 2026-06-13 06:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आउने चुनावमा जनताको शक्तिशाली पार्टी बन्ने : गगन थापा

      - ८ वर्ष अगाडि
      जेष्ठ ६,२०७५

      बुटवल, नेपाली कांग्रेसका नेता गगन थापाले कम्युनिष्टमा वहुमतको दम्भ देखिन थालेको आरोप लगाएका छन् । कांग्रेसको सैनामैना नगरसभा उद्घाटन गर्दै नेता थापाले लोकतन्त्रमा जित र हार स्वाभाविक भएपनि कम्युनिष्टहरुमा जितको दम्भका संकेतहरु देखा पर्न थालेको टिप्पणी गरे ।

      चुनावमा भएको हारवाट पार्टी नआत्तिएको दावी गर्दै उनले कार्यकर्तालाई धैर्य र संयम हुन आग्रह गरे । आउने चुनावमा जनताको शक्तिशाली पार्टी बन्ने प्रयासमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।कांग्रेसले सरकारका राम्रा कामको स्वागत गर्ने, विकासका मुद्दामा सरकारसंगै सहकार्य गर्ने तर, सरकार गलत कामतर्फ अघि बढे विरोध गर्ने उल्लेख गरे ।

      उनले कांग्रेस अबको पाँच वर्ष जनताको घर घरमा पुग्ने र जनतासँगै सहकार्य गर्ने बताए । भर्खरै स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा मधेसी, दलित, मुस्लिम र मधेसी तथा महिलाको उपस्थिति नरहेको भन्दै उनले नेकपाले समावेशीतालाई लत्याएको आरोप लगाए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d