जेष्ठ ३०,२०८३ / ०६ : ३८ अपरान्ह / 2026-06-13 06:38 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भारतीय प्रधानमन्त्री मोदी जेठ ११ गते नेपाल आउने भ्रमणका क्रममा जनकपुर पनि जाने

      - ८ वर्ष अगाडि
      वैशाख ८,२०७५
      काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठमा नेपाल नेपाल भ्रमणमा आउने भएको छ । आगामी मे २१ मा मोदी नेपाल आउन लागेको हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ । तर, परराष्ट्रका अधिकारीहरु भने मे ११ मा नभई मे २५ मा मोदीको भ्रमणको तयारी भइरहेको बताउँछन् ।

      स्रोतका अनुसार मोदी मे २० देखि २५ वीचमा भ्रमणको मिति तय हुन सक्छ । नेपाल र भारतका अधिकारीहरुले भ्रमणको तयारी गरिरहेको बताइएको छ ।

      मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको समाचारमा छ । २०१४ को सार्क सम्मेलनका बेला मोदी जनकपुर जान चाहेका थिए । मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ । संविधान जारीपछि भने यो उनको पहिलो भ्रमण हुनेछ ।

      शुरुमा भारतले नेपालको संविधानलाई स्वागत गरेको थिएन् । यसअघिको भ्रमणमा मोदी जनकपुर जाने कार्यक्रम अनितम समयमा रोकिएको थियो ।

      भारतले प्रधानमन्त्रीमा निर्वा्चित भएपछि केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए । ओलीले चैत २३ गतेदेखि २५ गतेसम्म तीन दिने राजकीय भ्रमण गरेका थिए ।

      प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारतको भ्रमण गरेका थिए । सोहीले प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो देखिएका थिए । भारतीय पक्षले निम्तोलाई स्वीकार्दै भ्रमणको मिति आपसी समझदारीमा तय गर्ने जानकारी दिएका थियो ।

      नेपाल आएका बेला मोदीले ठूलो रकमको सहयोग घोषणा गर्ने सम्भावना छ । साथै अरुण तेस्रो जलविद्युत आयोजनाको उदघाटन गर्नसमेत मोदीले ईच्छा प्रकट गरेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d