जेष्ठ ३०,२०८३ / ०६ : ३७ अपरान्ह / 2026-06-13 06:37 pm
      • param ad
      • furniture
      • veera Incorporation

      वैशाख ९ मै एकता गर्न एमाले स्थायी कमिटीको जोड

      - ८ वर्ष अगाडि
      वैशाख ४,२०७५

      काठमाडौँ, एमालेले माओवादीसँगको अविश्वास हटाएर ९ वैशाखमै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादी अध्यक्ष प्रचण्डमा एकतापछिको सम्मानजनक हैसियतबारे कुनै आशंका भए हटाएर ९ वैशाखमै एकताको निर्णय गर्ने म्यान्डेट पार्टी एकता संयोजन समितिलाई दिएको छ ।

      ‘आलोपालो अध्यक्षता, दुई सहअध्यक्ष, जबज र माओवादजस्ता सैद्धान्तिक प्रश्नलाई एकता महाधिवेशनसम्म बहसबाट टुंग्याउनेलगायत महत्वपूर्ण र धेरै जटिल विषयहरू ७ बुँदे सहमतिमै मिलिसकेकाले अरू सामान्य प्राविधिक विषयबाट एकता रोक्नुपर्ने कारण देखिएन,’ बैठकपछि उपाध्यक्ष युवराज ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘त्यसैले कुनै आशंका छ भने त्यसलाई एकता संयोजन समिति बैठकमा घनिभूत छलफल गरेर ९ गते नै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्षसहित म्यान्डेट दिइएको छ ।’ 

      उनले पार्टी एकता सकारात्मक दिशामा अगाडि बढेको ‘ब्रिफिङ’ बैठकमा अध्यक्ष ओलीले गरेको पनि बताए । एमालेले एकतासम्बन्धी अन्तिम निर्णयका लागि ६ वैशाखमा पोलिटब्युरो र ७ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

       

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d