जेष्ठ ३०,२०८३ / ०६ : ३७ अपरान्ह / 2026-06-13 06:37 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भारतसँग २१ औँ शताब्दी सुहाउँदो नमूना सम्बन्ध चाहन्छौँ : प्रधानमन्‍‍त्री

      - ८ वर्ष अगाडि
      चैत २४,२०७४
      नयाँ दिल्ली, प्रधानमन्‍‍त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमूना सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । भारतीय समकक्षीसँग वार्तापछि हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्‍‍त्रीले २१ औँ शताब्दी अनुकुलको र विश्वासमा आधारित सम्बन्ध नेपालको प्राथमिकतामा रहेको सुनाए । मोदीले ८ मिनेट सम्बोधन गरेपछि ओलीले १५ मिनेट सम्बोधन गरेका थिए ।

      प्रधानमन्‍‍त्री ओलीले भारतसँग सम्बन्ध चिसिएको दुई वर्ष अगाडि आफू र मोदीबीच भएका कुराकानीको पटक-पटक स्मरण गराएका थिए । उनले दुई वर्षयता नेपालले राजनीतिक परिवर्तन गरेको र सामाजिक, आर्थिक रुपान्तरणको यात्रा प्रारम्भ गरेको बताए ।



      मोदीले ओलीका भनाइलाई ध्यानपूर्वक सुनेका थिए । ओलीले भने, ‘हामी भारतसँगको सम्बन्धलाई उच्च महत्व दिन्छौ ।’ आफू प्रधानमन्‍‍त्री हुनुभन्दा अघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भएको स्मरण गर्दै ओलीले त्यसका लागि मोदीलाई धन्यवाद दिए ।ओलीले नेपाल भारत प्रबुद्ध व्यक्ति समूहले सम्बन्ध नयाँ उचाईमा पुग्ने गरी प्रतिवेदन दिनेमा दुवै प्रधानमन्त्री आशावादी रहेको बताए । ओलीले जलविद्यूतमा सहकार्यका लागि भारतका सरकारी र नीजि क्षेत्रलाई आह्वान समेत गरे ।
      ओलीले भारतसँग व्यापार घाटा कम गर्ने बिषयमा मोदीसँग विस्तृत कुराकानी गरेको पनि बताए । नेपालमा उत्पादित विजुली भारतको खुला बजारमा निर्यात गर्न सहजीकरणका लागि आग्रह गरेको र मोदी पनि सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d