जेष्ठ ३०,२०८३ / ०७ : २५ अपरान्ह / 2026-06-13 07:25 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओली र मोदीबीच ‘वान टु वान’ वार्ता

      - ८ वर्ष अगाडि
      चैत २३,२०७४

      नयाँदिल्ली, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ । मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुगेका थिए । ओली परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सल्लाहकार विष्णु रिमाल समेत नलिई रेसकोर्स गएका थिए ।

      स्रोतका अनुसार यो भेट पूर्वनिर्धारित थिएन । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच भोलि शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।

      यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि मोदीले यसरी नै सपर््राइज भेट गरेका थिए ।  अनलाइन खबर बाट

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d