पूर्वप्रधानमन्त्री प्रचण्डले ७ बैशाख अर्थात् २२ अप्रिलकै दिन पार्टी एकता गर्ने सझदारी भएको बताए । खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताए ।
‘अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्रीजी भारत भ्रमण सकेर फर्किएपछि एकताको कुरा टुंग्याउने र २२ अप्रिलका दिन एकता गर्ने समझदारी बनेको छ’, अध्यक्ष प्रचण्डले भने,‘त्यो दिन लाखौँ जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं । २२ अप्रीलका दिन शान्ति, समृद्धि र एकताको सन्देश नेपाल र विश्वभरि दिने योजना छ ।’
कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको रहेको विषय लिपिवद्ध भएको जानकारी दिए । प्रचण्डले भने,‘अब चुनाव चिन्ह र बराबरीको कुरा टुंगेपछि एकता हुन्छ ।’ रौतहटबाट दुई दर्जन बढी नेताकार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।








