जेष्ठ ३०,२०८३ / ०७ : २४ अपरान्ह / 2026-06-13 07:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सहज तरीकाले पार्टी एकता हुन्छः अध्यक्ष दाहाल

      - ८ वर्ष अगाडि
      चैत २१,२०७४
      काठमाडौँ,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा (एमाले) र आफ्नो पार्टीलाई सहज हुने गरी पार्टी एकता प्रक्रिया टुंगो लगाउने तयारी भइरहेको बताउनुभएको छ । 

      माओवादी केन्द्रको संसदीय दलको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले दुवै पार्टीलाई सहज हुनेगरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताउनु भएको हो । 

      बैठकमा अध्यक्ष दाहालले भन्नुभयो, “पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ । हिजो मात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको प्रतिवेदन बुझेका छौँ । दुवै पार्टीलाई सहज हुने गरी एकता टुंग्याउन हामी लागिरहेका छौँ ।”

      अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको मतैक्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौँ । विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौँ ।”

      भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेल भइरहेको भन्दै अध्यक्ष दाहालले कुनै पनि अवरोधले एकता प्रक्रियालाई रोक्न नसक्ने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “चलखेलले एकता रोक्न सक्दैन, सांसदहरुले पनि सचेत ढंगले एकताको पक्षमा भूमिका खेल्नुहोला । चलखेलबाट प्रभावित नभई एकतालाई टुंगोमा पुग्ने गरी आफ्नो ठाउँबाट भूमिका खेल्नुस् ।”

      अध्यक्ष दाहालले केन्द्रमा सहअध्यक्षको मोडलमा जाने सहमति भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराउनु भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । 

      संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भएको थियो ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d