जेष्ठ ३०,२०८३ / ०७ : २३ अपरान्ह / 2026-06-13 07:23 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भारत भ्रमणबारे प्रधानमन्त्रीले आज संसद्लाई जानकारी दिँदै

      - ८ वर्ष अगाडि
      Kp Oli - Prime Minister
      चैत २०,२०७४

      काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभामा मंगलबार सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओली आगामी २३ गते भारत भ्रमणमा जाने भएको छन्। त्यसपूर्व उनले संसद्लाई सम्बोधन गर्न लागेका हुन्।

      प्रधानमन्त्रीको सम्बोधनसँगै दुई अध्यादेश स्वीकृत गरी संसद् अधिवेशन अन्त्य हुने सम्भावना छ।  मंगलबार बिहान मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने वा नगर्ने निर्णय गर्ने कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए। संसद्मा आएका अध्यादेशको प्रतिस्थापन विधेयक दर्ता गर्ने अवस्था भए अधिवेशन केही दिन पर सर्ने मन्त्री तामाङले जानकारी दिए। मंगलबार प्रधानमन्त्रीको सम्बोधनपछि राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र राष्ट्रियसभा सदस्य अध्यादेशलाई स्वीकृतिका लागि प्रस्ताव गरिनेछ।

      बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश संसद्ले स्वीकृत गरिसकेको छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d