वैशाख १८,२०८३ / ०९ : ४१ अपरान्ह / 2026-05-01 09:41 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नवनियुक्त प्रधानमन्त्री अोलीको सपथ दिउँसो ४ बजे

      - ८ वर्ष अगाडि
      Prime Minister Kp Oli
      फागुन ०३,२०७४

      नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो ४ बजे सपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालका अनुसार सपथको समय दिउँसो ४ बजेका लागि तोकिएको छ।

      प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा बुझाएपछि  राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

      ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति भण्डारीले नयाँ सरकारले  स्थीरताका र  विकासका लागि काम गर्ने विश्वास व्यक्त गरेकी छन्।

      यसअघि एमाले र माओवादी नेताहरुले शितल निवास पुगेर ओलीलाई  प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए। संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्ती गर्नका लागि केपी ओलीले माओवादीको समर्थन सहितको पत्र पेश गरेका थिए।

        सम्बन्धित समाचारहरु