काठमाडौं, मधेश मुख्यमन्त्री प्रकरणबारे सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दैछ । मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न आज सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाएको हो ।
नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवसहित सातदलले बुधबार दायर गरेको अन्तरिम आदेश मागबारे न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले छलफलका लागि आज दुबै पक्षलाई बोलाएको हो।
मुख्यमन्त्री नियुक्तिसम्बन्धी कात्तिक २३ गतेको निर्णय तथा मन्त्रिपरिषद् गठनका सम्पूर्ण कागजात पछि फिर्ता लैजाने गरी आज छलफलमा ल्याउन पनि आदेश भएको छ।
कांग्रेस मधेश प्रदेशसभा संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यले कात्तिक २५ गते दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको थियो।








