काठमाडौं, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०सहित नौ दलबीच आज एकता हुँदै छ ।
एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबीच काठमाडौंको भृकुटीमण्डपमा आज एकता घोषणा हुन लागेको हो । एकतामा सहभागी दलहरुले आज दिउँसो १ बजे भृकुटीमण्डपमा सभा गरेर एकता घोषणा गर्न लागेका हुन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो ।
गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् । एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ । चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ । आइतबार माओवादी, नेकपा एकीकृत समाजवादीलगायत आठ दलबीच भएको १८ बुँदे सहमति भएको थियो ।








