मंसिर २१,२०८२ / १० : ५० पूर्वान्ह / 2025-12-07 10:50 am
      • param ad
      • furniture
      • veera Incorporation

      गगन थापाले पेस गरे कांग्रेस महाधिवेशनको तालिका १६ देखि १९

      - १ महिना अगाडि
      कार्तिक १८,२०८२

      काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेस गरेका छन्। केन्द्रीय समितिको जारी बैठकमा उनले महाधिवेशन कार्यतालिका पुस १६ देखि १९ गतेसम्म गर्ने गरी तालिका पेस गरेका हुन्।  

      कांग्रेसमा महाधिवेशन फागुन २१ को चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा विवाद छ। सभापति शेरबहादुर देउवासहित संस्थापन समूह भने आगामी वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छन्। विवादकै बीच थापाले आफूले तयार पारेको कार्यतालिका बैठकमा पेस गरेका हुन्।  

      त्यस्तै गगन थापा पक्षधर महाधिवेशन प्रतिनिधिहरूले भने विशेष महाधिवेशनका लागि हस्ताक्षरसमेत बुझाइसकेका छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो। 

      नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाख २७ देखि ३० गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ। कांग्रेसमा फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विवाद छ।  


        सम्बन्धित समाचारहरु